arrow

प्रधानमन्त्री कार्की विरुद्धको अवहेलना मुद्दामा सर्वोच्चले माग्यो लिखित जवाफ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ७ आइतबार
sushila-karki-82-7-12qqq.jpg
फाइल तस्बिर

काठमाडौँ । सर्वोच्च अदालतले प्रधानमन्त्री सुशीला कार्की विरुद्धको अदालतको अवहेलना निवेदनमा लिखित जवाफ माग गर्ने आदेश गरेको छ । न्यायाधीश हरिप्रसाद फुयाँल र अब्दुल अजिज मुसलमानको इजलासले सो आदेश गरेको हो । 

राजदूत पुनः फिर्ता बोलाएर अदालतको आदेशको अवहेलना गरेको भन्दै सर्वोच्चमा निवेदन दर्ता भएको थियो ।  राजदूत फिर्तामा सरकारले सर्वोच्चको अन्तरिम आदेश उल्लंघन गरेको थियो । 

पूर्वप्रधानन्यायाधीशसमेत रहेकी कार्कीले परराष्ट्र मन्त्रालयको समेत जिम्मा सम्हालेकाले उनले नै अदालतको आदेशपछिसमेत फेरि आफैँले पत्र लेखेर राजदूतहरुलाई बोलाएकी थिइन् । 

दलहरूलेसमेत अन्तरिम सरकारलाई राजदूतहरू फिर्ता बोलाएर अन्तर्राष्ट्रिय कूटनीति नबिगार्न आग्रह गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ