arrow

एमाले निकट नेशनल भोलेन्टियर फोर्सको प्रदर्शन, काठमाडौँको सुरक्षा कडा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ५ शुक्रबार
uml-national.volunteer.jpg

काठमाडौँ । नेकपा एमालेको नेशनल भोलेन्टियर फोर्सले काठमाडौंमा प्रदर्शन गरेको छ । शुक्रवार मध्यान्ह फोर्सले काठमाडौंको माईतीघर मण्डलामा प्रदर्शन गरेको हो । 

फोर्सले काठमाडौँको सामाखुशी र ललितपुरको जावलाखेलबाट र्याली शुरु गरी बबरमहल, माइतीघर हुँदै बानेश्वरसम्म मार्च पास गरी प्रदर्शन गरेको छ । 

शुक्रवार काठमाडौंस्थित एक होटलमा फोर्सको केन्द्रीय कमाण्ड घोषणा गरिने भएको छ । फोर्स पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा हुनेछ ।

 जसका लागि काठमाडौंका विभिन्न स्थानमा सुरक्षा मजबुत बनाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ