कञ्चनपुर । राप्रपाको महाधिवेशनका लागि कञ्चनपुरबाट प्रतिनिधि छनोट भएका छन् । मंगलबार भएको जिल्ला अधिवेशनबाट अध्यक्षमा पूर्ण बहादुर चन्द चयन भए । बुधबार सदस्यहरु छनौट भएको राप्रपा निर्वाचन समितिका संयोजक भक्ति प्रशाद उपाध्ययले बताए ।
सुरेन्द्र बहादुर बम, मोहन देवत्त पन्त, धुव भट्ट, कस्तुती देवि सिह, बिक्रम चन्द, नरेशराज भट्ट, जनक बहादुर चन्द, खडक सिह विष्ट, बिरेन्द्र चन्द, सुरेन्द्र शाही, जगदिश चौधरी, कमल चन्द, बीर ऐर कृष्ण बहादुर सिह, जगदिश चौधरी सदस्यहरु चुनिएको बताए ।
बाँकी ११ सदस्य पछि अध्यक्षले मनोनित गर्ने बताइएको छ । राप्रपा कञ्चनपुरका तत्तकालिन वरिष्ठ उपाध्यक्ष तथा नयाँ प्रतिनिधि सुरेन्द्र बहादुर बमले जिल्ला सदस्यहरु सर्वसम्मत चयन भएको बताए ।