arrow

वक्राहा खोलामा देखिए सिंचाई मन्त्री

logo
कुमोद अधिकारी,
प्रकाशित २०७३ माघ २६ बुधबार
deepek-giri-minnn.jpeg

विराटनगर । सिंचाई मन्त्री दिपक गिरी मन्त्रालयको टोलीसहित मोरङको वक्राहा खोला तटबन्ध पुगेका छन् । गएको साउनमा आएको बाढीले तटवन्ध भत्काएका हसन्दह, महादेवा, गोविन्दपुर , रंगेली  लगायत आधादर्जन स्थानको मन्त्रीको टोलीले वुधबार निरीक्षण गरेको छ । तटबन्ध निमार्ण गर्ने भन्दै मन्त्रालयको टोली कटान भएका स्थानको निरिक्षण गर्न पुगेपछि स्थानीय गाउलेले मन्त्री गिरीलाई वक्राहाले गरेको क्षतीबारे जानकारी दिए ।

गाउँलेले वक्राहा खोलामा व्यवस्थित र दिगो तटबन्ध गरेर गाउँ बस्ति तथा खेतवारी जोगाउन आग्रह गरे । प्रत्येक वर्ष बर्खामा  आउने बाढीले विचल्ली पार्न थालेपछि यसपटक तटबन्ध निमार्णका लागि मन्त्रालय अग्रसर भएको हो ।

बाढीले वर्षभरी खाने खेतसमेत बगाएर बगर बनाएको भन्दै अब त्यस्तो घटना हुन नदिन तत्काल तटबन्ध निमार्णका लागि गाउँलेले मन्त्रीसमक्ष आग्रह समेत गरे । बक्राहा खोलामा तटबन्धका लागि मन्न्त्रालयले प्रक्रिया अगाडी बढाइसकेकाले केही साताभित्रै काम शुरु हुने सबैलाई ढुक्क रहन मन्त्री गिरीले आग्रह गरे ।

आफुुले दुइ महिनाअघि मोरङको मधुमल्लामा वक्राहा खोला निरीक्षणको क्रममा तटबन्ध निमार्ण गर्ने प्रतिवद्धता गरेको र त्यही प्रतिबद्धता अनुसार तटबन्धका लागी डिपिआर तयार गरेर बजेट समेत छुटयाएको बताए । मन्त्री गिरीका अनुसार खोलाको मुहान देखि नेपाल भारत सीमानासम्मको ५१ किलोमिटर तटबन्ध निमार्णका लागि वृस्तित अध्यन सर्वेक्षण तयार पारी प्रक्रिया अगाडी बढाइसकेको छ  ।

बक्राहा खोला नियन्त्रणका लागि चारअर्ब रुपैँयाको डिपिआर तयार भएको र पहिलो चरणमा अढाई अर्बको बहुवर्षीय टेन्डर मार्फत आगामी फागुनको अन्तिमदेखि तटबन्धको काम शुुरु हुने उनले बताए । टोलीमा सासंद एंव नेपाली काँग्रेस मोरङका सभापति डिकबहादुर लिम्बु मन्त्रालयका सचिव गजेन्द्र ठाकुर, जलउत्पन्न प्रकोप व्यवस्थापन विभागका महानिर्देशक मधुकर राजभण्डारी तथा सिचाई विभागका महानिर्देशक राजेन्द्र प्रसाद अधिकारी सहभागि थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ