राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषको तीन अर्ब ५३ करोड लगानी गर्ने
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २ मंगलबार
759
Shares
काठमाडौँ। नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको रु तीन अर्ब ५३ करोड बराबरको रकम बैंक तथा वित्तीय संस्थामा एक वर्षका लागि लगानी गर्ने भएको छ।
केन्द्रीय बैंकले एक सूचनामार्फत इच्छुक बैंक तथा वित्तीय संस्थालाई आफूले लिन चाहेको रकम र प्रस्ताव गरिएको ब्याजदरसहित मङ्गलबार साँझ ७:०० बजेभित्र आवेदन दिन भनेको छ। राष्ट्र बैंकले यो रकम वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीमा लगानी गर्न लागेको हो। सूचनाअनुसार, वाणिज्य बैंकमा रु दुई अर्ब ८२ करोड ४० लाख, विकास बैंकमा रु ५२ करोड ९५ लाख र वित्त कम्पनीमा रु १७ करोड ६५ लाख बराबरको रकम लगानी गरिनेछ।
लगानीका लागि बैंक तथा वित्तीय संस्थाहरूले केही शर्तहरू पूरा गरेको हुनुपर्नेछ। जसअनुसार, ती संस्थाहरू सञ्चालनमा आएको दुई वर्ष पूरा भएको, न्यूनतम कूल पुँजीकोष कायम रहेको तथा कूल कर्जा सापटीको आठ प्रतिशत र खुद निष्क्रिय कर्जा अनुपात तीन प्रतिशत ननाघेको हुनुपर्नेछ।