काठमाडौँ। नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को वित्तीय स्थितिअनुसार विभिन्न कोषमा आवश्यक रकम विनियोजन गरिसकेपछि बाँकी रहेको रु ४२ अर्ब नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय गरेको छ।
राष्ट्र बैंकको वार्षिक प्रतिवेदनअनुसार, आव २०८१/८२ को खुद आय अघिल्लो वर्षको तुलनामा ९.११ प्रतिशतले वृद्धि भई रु ८० अर्ब ४८ करोड २६ लाख ५० हजार कायम भएको छ। यसैगरी, केन्द्रीय बैंकको कुल सम्पत्ति तथा दायित्व रु २६ खर्ब २३ करोड ९५ लाख ४० हजार बराबरको पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा २९.२३ प्रतिशतले वृद्धि हो।
नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ अनुसार बैंकले वासलातसहितको वार्षिक प्रतिवेदन आर्थिक वर्ष समाप्त भएको मितिले चार महिनाभित्र नेपाल सरकार समक्ष पेस गर्नुपर्ने व्यवस्था छ।