प्रतिनिधि सभा निर्वाचनका लागि नयाँ राजनीतिक दल दर्ताको म्याद आज सकिँदै
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ३० आइतबार
965
Shares
काठमाडौँ। फागुन २१ गतेका लागि अन्तरिम सरकारले घोषणा गरेको प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले दिएको नयाँ राजनीतिक दल दर्ताको समय आज (कार्तिक मसान्तमा) सकिँदैछ।
आयोगमा दर्ता भइसकेका दलहरूले पनि आगामी निर्वाचनमा भाग लिनका लागि पुनः दल दर्ता गर्नुपर्ने हुन्छ। निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मंसिर १० गतेसम्म र राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मंसिर ७ गतेसम्म दल दर्ता गर्न आह्वान गरेको छ।