arrow

राजनीतिक दल र युवा पुस्ता एकताबद्ध हुनुपर्छ : प्रदीप ज्ञवाली

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २९ शनिबार
gyawali-pradeep-12-25.jpg

गुल्मी । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले राजनीतिक स्थायित्व एवं विकासका निम्ति सबै राजनीतिक दल र युवा पुस्ता एकताबद्ध हुनुपर्नेमा जोड दिएका छन् ।

प्रेस चौतारी गुल्मी शाखाले तम्घासमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले देश विकासको पहिलो सर्त राजनीतिक स्थायित्व भएको बताए । 

नेता ज्ञवालीले एमालेलाई आत्मबलका साथ पुनःऊर्जाशील बनाउने, जनतामाँझ उपस्थित भई उनीहरूका भावना बुझ्ने तथा पार्टीलाई  सुव्यवस्थित ढङ्गले रूपान्तरण गर्ने अभियान शुरू गरिएको बताए । 

हालैको ‘जेन्जी आन्दोलन’ मा घुसपैठ भएको  तथा सुनियोजित ढङ्गले सार्वजनिक एवं व्यक्तिगत सम्पत्तिमा आगजनी गरिएको टिप्पणी गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ