arrow

पचासका ४२ करोड थान नयाँ नोट छापिँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २७ बिहिबार
rastra-bank-always-81-4-11.jpg

काठमाडौँ । नेपाल राष्ट्र बैंकले पचास रुपैयाँ दरका ४२ करोड थान नयाँ नोट छपाइका लागिसम्झौता गरेको छ। राष्ट्र बैंकले छिमेकी राष्ट्र चीनको 'चाइना बैंक नोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसन' सँग पचास रुपैयाँ दरका ४२ करोड थान नयाँ नोट छपाइका लागि करार सम्झौता गरेको हो।

राष्ट्र बैंकका अनुसार उक्त परिणाममा नोट डिजाइन, छपाइ तथा आपूर्तिका लागि सम्झौता गरिएको हो। यो सम्झौताको मूल्य करिब एक करोड ४२ लाख रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ।

बैंकले २०८२ साउन ९ गते (तदनुसार २५ जुलाई २०२५) राष्ट्रिय दैनिक दि राइजिङ नेपाल र बैंकको वेबसाइटमार्फत पचास दरको ४२ करोड थान नयाँ बैंकनोट डिजाइन, छपाइ तथा आपूर्तिका लागि बोलपत्र आह्वान गरेको थियो। 

बोलपत्र प्रक्रियामा सहभागी कम्पनीहरूमध्ये न्युनतम मूल्य प्रश्ताव गर्ने चाइना बैंक नोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसनलाई छनोट गरिएको हो। बैंकले सार्वजनिक खरिद ऐन, २०६३ र खरिद निर्देशिका, २०६७ बमोजिम प्रक्रिया पूरा गरी सम्झौता सम्पन्न गरेको जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ