कांग्रेस बैठक बिहीबार पनि, बुधबार ११ जनाले राखे धारणा
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २६ बुधबार
3.6k
Shares
फाइल तस्बिर
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक असोज २८ गतदेखि जारी छ । कहिले सकिने भनी टुंगो नभएको बैठकमा बुधबार ११ जनाले आफ्नो धारणा राखेका छन् ।
पार्टी मुख्यालय बीपीनगरको बैठकमा बुधबार सहमहामन्त्री महेन्द्र यादव, केन्द्रीय सदस्यहरू— विमलेन्द्र निधि, विजयकुमार गच्छदार, डा। शशांक कोइराला, बलबहादुर केसी, डा नारायण खड्का, रमेश लेखक, कल्पना चौधरी, जीतजंग बस्नेत, सुजाता परियार र श्यामकुमार घिमिरेले आ–आफ्नो धारणा व्यक्त गरेका हुन् ।
बैठक महाधिवेशनका विषयमा अड्किएको छ । महाधिवेशन गरी नयाँ जनादेशसहित फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनमा जान तयार हुनुपर्नेमा अल्झिएर नेताहरु विशेष महाधिवेशन कि नियमित महाधिवेशन तथा चुनावअघि कि चुनावपछि भनेर तर्कवितर्कमा समय खेर फालिरहेका छन् ।
बिहीबारको बैठक बिहान साढे ११ बजेदेखि शुरु हुने पार्टीले जनाएको छ ।