रमेश लेखक भन्छन् – धेरै लामो छलफल भन्दा एउटै विषयवस्तु बनाएर जाऔँ
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २६ बुधबार
3.6k
Shares
फाइल तस्बिर
काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले पार्टीमा लामो छलफल भन्दा महामन्त्री र सहमहामन्त्रीले प्रस्तुत गरेका दुई छुट्टाछुट्टै प्रस्तावलाई एउटै विषयवस्तु बनाएर अगाडि बढ्न आग्रह गरेका छन् ।
पार्टी मुख्यालय बीपीनगर सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकलाई बुधबार सम्बोधन गर्दै पूर्व गृहमन्त्रीसमेत रहेका लेखकले बैठक लम्ब्याउनु भन्दा छोट्याउन आग्रह गरेका हुन् ।
उनले महामन्त्री र सहमहामन्त्रीका प्रस्तावलाई एउटै विषयवस्तु बनाएर अगाडि बढ्न आग्रह गरे ।
उनले पार्टीभित्र मूलतः विशेष महाधिवेशनको विषयले प्रवेश पाएको भन्दै नियमित गर्ने कि विशेष गर्ने कि, निर्वाचन भन्दा अगाडि गर्ने कि पछाडि गर्ने भन्ने सवाल पनि आएको बताए । उनले भने, ‘पहिलो कुरा त विशेष महाधिवेशनसम्म जानु हुन्न भन्ने म स्पष्ट राख्न चाहन्छु । हस्ताक्षरकर्ता साथीहरुका भावनालाई सुनेर उचित निष्कर्षमा पुगेर विशेष महाधिवेशन फिर्ताका लागि साथीहरुलाई आग्रह गर्नुपर्छ । विशेष महाधिवेशनमा कांग्रेस जानुहुन्न भन्ने मेरो आग्रह छ ।’
उनले विशेष महाधिवेशन गर्न नहुने कारण खुलाउँदै भने, ‘यसका दुई तीन ओटा कारण छन् । यो विशेष महाधिवेशन बेमेलको महाधिवेशन हुनेछ । एकथरी साथीहरु विशेष महाधिवेशन गर्ने भन्ने एकथरी साथीहरु गर्नुहुन्न भन्ने । हाम्रो बीचमा विशेष महाधिवेशनका लागि एकरुपता र सहमत नभएका अवस्थामा गरिने महाधिवेशनले राजनीतिक अन्योल हुन्छ । विशेष महाधिवेशनले राजनीतिक रुपमा गर्छ के ?’

उनले अगाडि भने, ‘विशेष महाधिवेशनमा आउँछ के ? के एजेन्डाहरु आउँछन् ? हामी के निर्णय गर्छौँ ? निर्णयको प्रक्रिया के हुन्छ ? कार्यविधि के हुन्छ ? कसरी निर्णयमा पुग्छौँ ? भन्नेकुरासमेत राजनीतिक रुपले अन्योल भएको हुनाले त्यस्तो अन्योलमा कांग्रेसलाई लैजानु भनेको पार्टी विभाजनतिर लैजानु हो भन्ने मेरो विश्लेषण छ ।’