arrow

प्रतिक्रियावादीले फुटाए, फर्किएर बलियो राष्ट्रिय शक्ति बनाउन समाहित भयौँ - भीम रावल

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २६ बुधबार
bhim-rawalsss.jpg

काठमाडौँ। मातृभूमि जागरण अभियान नेपालका संयोजक डा. भीम रावलले नेपाली कम्युनिष्ट पार्टीसँगको एकतामा जोडिएपछि विगतमा प्रतिक्रियावादीहरूले कम्युनिष्ट आन्दोलनलाई विघटन गर्न नेकपालाई विभाजन गरेको आरोप लगाएका छन्।

बुधबार नेपाली कम्युनिष्ट पार्टीसँगको सहमतिपत्रमा हस्ताक्षर कार्यक्रममा बोल्दै उनले बलियो राष्ट्रिय शक्ति निर्माण गरी राजनीतिक र सामाजिक रूपान्तरणको यात्रालाई सशक्त रूपमा अघि बढाउनु पर्ने बताए।

पार्टी विभाजनको पीडा सम्झँदै रावलले भने, "जुन बेला नेपाल कम्युनिष्ट पार्टीलाई प्रतिक्रियावादीहरू र कम्युनिष्ट आन्दोलनलाई विश्रृङ्खलित गरेर आफ्नो निहित स्वार्थ पूरा गर्न विभाजन गरिएर गह्रौँ मन लिएर यही ठाउँबाट छुटिएर गइएको थियो। फर्किएर आज नेपाली कम्युनिष्ट पार्टीअन्तर्गत समाहित आएका छाँै।"

उनले नेपाली कम्युनिष्ट पार्टीलाई राजनीतिक, सामाजिक रूपान्तरणको यात्रालाई सशक्त रूपमा अघि बढाउने अभियानका रूपमा लैजानुपर्नेमा जोड दिए। नेता रावलले आगामी दिनमा सकारात्मक, भावनात्मक एकता र सङ्कल्पका साथ आफ्नो लक्ष्यमा पुगिछाड्ने दाबी गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ