arrow

सांस्कृतिक संघको अध्यक्ष फेरि थापा नै, निर्वाचन नभई पाँच पदाधिकारी चयन

logo
प्रकाशित २०७३ माघ २५ मंगलबार
tirtha-thapa-elcted.jpeg

काठमाडौं । काँग्रेस निकट कलाकारहरुको संस्था सांस्कृतिक संघको अध्यक्षमा पूर्वअध्यक्ष तीर्थ बहादुर थापा नै चयन भएका छन् । वरिष्ठ उपाध्यक्षमा अध्यक्षका आकांक्षी जनार्दन आचार्य चयन भएका छन् ।

संघको महामन्त्री दुर्गा रायमाझी, शिवशंकर रिजाल र रोशनी केसीलाई बनाउने सहमती भएको छ । संघको प्रतिनिधि विवादका कारण निर्वाचन नभएपछि पार्टीले गठन गरेको निर्देशक समितिले पाँच जना पदाधिकारीको मात्रै टुङगो लगाएको हो ।

८५ सदस्यीय हुने केन्द्रीय कार्यसमितिको बाँकी पदाधिकारी तथा सदस्य भने अब लगत्तै छनोट गरिने निर्देशक समितिले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ