arrow

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २५ मंगलबार
tractor-accident.jpg

मुगु । मुगुमा गए राति ट्याक्टर दुघटना हुँदा चालकको मृत्यु भएको छ ।

बाजुराबाट हुम्लाको पिपलमुडामा रहेको विद्युत्को सबस्टेसन जडानका लागि पोल ढुवानी गरिरहेको लु५त १२३७ नम्बरको ट्याक्टर दुर्घटनामा परेको थियो ।

सो ट्याक्टर मुगुको सोरु गाउँपालिकाको केन्द्रतर्फ जाँदै गरेको थियो ।

बाजुरा गौमुल गाउँपालिका वडा नं ३ का अन्दाजी २४ वर्षीया सुरेश रोकायाको घटनास्थलमै मृत्यु भएको सोरुकोट प्रहरी चौकीका बलवीर लावडले जानकारी दिए ।

विद्युत् पोल बोक्ने क्रममा उकालोमा ट्याक्टरको ‘ब्रेक फेल’ भई करिब सात सय मिटर तल खस्दा चालक रोकायाको घटनास्थलमै मृत्यु भएको र हुम्ला अदानचुली-२ का २८ वर्षीया रेशम भण्डारी सख्त घाइते भएको लावडले बताए ।

घाइते लवड जिल्ला अस्पताल मुगु लगिएको छ । ट्याक्टरमा चालक रोकाया र भण्डारी दुई जनामात्र सवार रहेको लावडले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ