फागुन २१ को निर्वाचनले संविधानलाई सही मार्गमा ल्याउँछ
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २४ सोमबार
3.1k
Shares
काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी निर्वाचनअघि पार्टीको अधिवेशन सम्पन्न गरिनुपर्नेमा जोड दिएका छन्।
उनले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै पार्टीको अधिवेशनबाट आउने नेपाली कांग्रेसको नीति र नेतृत्वले मात्र कांग्रेसलाई निर्वाचन लड्न योग्य बनाउने उल्लेख गरेका छन्।
महामन्त्री थापाका अनुसार, अहिले कांग्रेसको केन्द्रीय कार्यसमितिमा भइरहेको अलमल निर्वाचनको विषयका सन्दर्भमा नभई पार्टीको आन्तरिक तयारी र नेतृत्वका विषयमा रहेको उनले स्पष्ट पारेका छन्।