arrow

राष्ट्रिय सभा अध्यक्षको जोड: निर्वाचनको वातावरण बनाउन समस्या समाधान गर्दै अघि बढ्नुपर्छ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २४ सोमबार
narayan-dahal.jpg

काठमाडौँ। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले देशमा निर्वाचनको वातावरण बनाउनका लागि विद्यमान समस्याहरूलाई समाधान गर्दै अगाडि बढ्नुपर्ने बताएका छन्।

आइतबार विधायन व्यवस्थापन समितिको बैठकमा समितिको वार्षिक प्रतिवेदनमाथिको छलफलमा बोल्दै उनले चुनावको वातावरण बनाउने कुरामा कानूनमन्त्रीलाई निर्देशनात्मक अनुरोध गरेको जानकारी दिए। उनले चुनाव हुन्छ भन्नेमा दुविधा नरहेको बताउँदै त्यसका लागि सहज वातावरण बनाउन छलफल गरेर जानुपर्नेमा जोड दिए।

अध्यक्ष दाहालले भने, "यसमा सरकारको ध्यान जानुपर्छ, निर्वाचनको वातावरण बनेको छैन्। अलि असहज छ। मुख्य सुरक्षाको कुरा आएको छ, यसको बारेमा सरकारले छिटोभन्दा छिटो यसमा काम गर्नुपर्छ भन्ने खालको निर्देशनात्मक तरिकाले अनुरोध गरेका छौं।" उनले निर्वाचन हुन्छ नै भन्दै कुन ठाउँमा समस्या छ, त्यसलाई समाधान गर्ने, सचेत गराउने र सरकारलाई झकझक्याउने विषयमा छलफल गरेर जानु राम्रो हुने धारणा राखे।

यस्तै, उनले राष्ट्रिय सभाको निर्वाचनका बारेमा पनि सरकार तयार भइसकेको भन्दै धेरैसँग छलफल भएर नै त्यो निर्णय भएको उल्लेख गरे। उनले राष्ट्रिय सभाको निर्वाचन हुन्छ नै, त्यसमा कुनै दुविधा वा जटिलता नरहेको बताए। उनले राष्ट्रिय सभालाई खारेज गर्नुपर्ने कुराहरू पनि उठिरहेको अवस्थामा राष्ट्रिय सभा राम्रो छ र यसले काम पनि गर्छ भन्ने कुरा पनि देखाउन जरुरी रहेको बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ