arrow

जिपको ठक्करबाट साइकलयात्रीको मृत्यु, तीन घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २३ आइतबार
Kailali-hamrakura.jpg.jpeg

कैलाली। पूर्वपश्चिम राजमार्गअन्तर्गत घोडाघोडी नगरपालिका–२, टनकपुरमा आज बिहान तरकारी बोकेको जिपको ठक्करबाट एक साइकलयात्रीको घटनास्थल नजिकै मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्।

सुखड इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक रमेश अवस्थीले जानकारी दिएअनुसार, पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको लु२च २३५८ नम्बरको जिपले ठक्कर दिँदा बर्दगोरिया गाउँपालिका–६, कोटा तुल्सीपुरका ५५ वर्षीय साइकलयात्री शङ्कर डगौराको मृत्यु भएको हो। गम्भीर घाइते डगौरालाई तत्काल घोडाघोडी अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

दुर्घटनामा घोडाघोडी–२ साडेपानीका ५४ वर्षीय पैदलयात्री पदमबहादुर शाही, बर्दगोरिया–६ का ४५ वर्षीय हर्कबहादुर डगौरा र २५ वर्षीय कृष्ण डगौरा घाइते भएका छन्। घाइतेमध्ये पदमबहादुर शाहीलाई थप उपचारका लागि धनगढी रेफर गरिएको छ भने बाँकी दुई जनाको घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीले दुर्घटनापश्चात् जिप र चालक रोल्पाको त्रिवेणी गाउँपालिका–४ बस्ने २३ वर्षीय सन्तोष घर्तीमगरलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ