arrow

रूखमा अड्किएका व्यक्तिको उद्धार

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २ शनिबार
rukhma-adkiyeko-purush.jpg

काठमाडौँ । सशस्त्र प्रहरीले कैलालीको गोदावरी नगरपालिका–११ ओलानीमा रूखमा अड्किएका एक जनाको आज सकुशल उद्धार गरेको छ ।
 
सोही नगरपालिका बस्ने ७३ वर्षीय लालबहादुर सुनार घर नजिकै रहेको रूखमा स्याउला काट्न चढेकामा उक्त रूखबाट तल झर्न नसकी रूखमा नै अड्किएका  थिए ।
 
उनी रूखमा अड्किएको सूचना प्राप्त भएपश्चात् सशस्त्र प्रहरी नं ७ वैद्यनाथ बाहिनीबाट खटिएको तालिम प्राप्त टोलीले सकुशल उद्धार गरेको सशस्त्र प्रहरीको सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ