उच्च मनोबलका साथ काम गर्न गभर्नर पौडेलको निजी क्षेत्रलाई आग्रह
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २२ शनिबार
798
Shares
काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले उद्योगी, व्यवसायीलाई उच्च मनोबलका साथ काम गर्न आग्रह गरेका छन्।
शनिवार काठमाडौंमा आयोजित राष्ट्रिय आर्थिक बहस कार्यक्रममा बोल्दै उहाँले जेन–जी आन्दोलनपछि उत्पन्न परिस्थितिलाई अवसरका रूपमा लिएर उच्च मनोबलका साथ काम गर्न निजी क्षेत्रलाई आह्वान गरेका हुन्। गभर्नर पौडेलले नयाँ व्यवसायका योजना बनाएर अघि बढ्न सकेमा केही दुर्घटना परेजस्तो देखिएको नेपालको उद्योग व्यवसाय सुधार हुने अवस्था रहेको बताए।
गभर्नर पौडेलले अहिले वैधानिक सरकार रहेको र केही समयपछि जननिर्वाचित सरकार बन्ने भएकाले उद्योग क्षेत्रको विकासमा अघि बढ्नका लागि निजी क्षेत्रले निरास भएर बस्नुपर्ने अवस्था नरहेको बताए।
उनले भने, "नयाँ विजनेस बनाउनुस्, उच्च मनोवलका साथ काम गर्नुस्। एउटा दुर्घटनाजस्तो भयो। तर तत्काल वैधानिक गभर्मेन्ट छ। हामीहरू सबैले तपाईँहरूसँग कम्युनिकेसनमा बसिराखेका छौं। यो अवसरलाई तपाईँहरूले पोजेटिभ्ली लिएर यसलाई युज गर्नतिर लाग्नुहोला। इकोनोमीमा मनोबलको एकदमै ठूलो काम हुन्छ। त्यो मनोवलले हामीसँग पैसा पनि छ, हामीसँग गभर्नेन्स पनि छ। अब फेरि इलेक्टेड गोभरर्मेन्ट आउँछ। इन्डियाले ग्रो गरेको छ, चाईनाले ग्रो गरेको छ। हामी स्याड किन हुनुपर्यो? हामी नेपालीहरू सारा विश्वभर छौं। त्यो फिलिङ लिएर काम गर्नु भयो भने इकोनोमी माथि जान्छ। तपाईँहरूलाई पनि धेरै समस्या छ, आई नो अबाउट इट। तर हामी कम्युनिकेसनमा बसौं। त्यसकारण तपाईँहरूको मनोवल उच्च राख्नुस्। गोभरर्मेन्टको म्यासेज पनि त्यही हो, हामी त्यही भन्छौं।"
गभर्नर पौडेलले मुलुकको अर्थतन्त्रलाई अघि बढाउन कालोसूचि बाधकका रूपमा देखिएको उल्लेख गर्दै त्यो समस्या समाधानमा सम्बन्धित पक्षले ध्यान दिनुपर्ने आवश्यक्ता समेत औंल्याए।