बालेनविरुद्ध विद्युतीय अपराध अन्तर्गत कारबाही गर्न माग गर्दै उजुरी [तस्बिर]
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २० बिहिबार
871
Shares
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर वालेन्द्र साह (बालेन) विरुद्ध एमाले निकट युवा संघ लागेको छ । युवा संघ उजुरी लिएर साइबर ब्युरो पुगेको छ ।
बालेनले नेताहरुको मानमर्दन गरेर सामाजिक सञ्जालमा लेखेको भन्दै उजुरीसहित उपाध्यक्ष महाराज गुरुङसहितका युवा संघका नेता कार्यकर्ता ब्युरो पुगेर उजुरी दिएका हुन् ।
गुरुङले आफूहरुले ब्युरोका प्रमुख प्रहरी नायब महानिरीक्षक नवीन्द अर्याललाई भेटेर उजुरी दिएको र उनीहरुले कानूनी अवस्था अध्ययन गरेर निर्णय गर्ने बताएको जानकारी दिए ।
बानेनलाई विद्युतीय अपराध अन्तर्गत कारबाही गर्न माग गरिएको छ ।
बालेनले दुई दिनअघि अश्लील शब्द प्रयोग गर्दै लेखेको सामाजिक सञ्जालमा भाइरल भएको थियो । उनले उक्त स्टाटस तुरुन्तै हटाएका थिए ।