'चेपुवा'मा झलनाथ: नयाँ पार्टीको तयारी त्यागेर एकता सम्मेलनमा सहभागी
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १९ बुधबार
3.5k
Shares
काठमाडौँ। नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको नवगठित नेपाली कम्युनिष्ट पार्टीको एकता राष्ट्रिय सम्मेलनमा सहभागी भएका छन्। खनालले माओवादी केन्द्रसँगको एकता प्रक्रियामा असन्तुष्टि जनाउँदै केही दिनअघि नयाँ पार्टी खोल्ने घोषणा गर्ने तयारी गरेका थिए।
सम्मेलनमा सहभागी हुनुअघि आज बिहानै खनालले माओवादी केन्द्रका अध्यक्ष दाहालसँग भेटवार्ता गरेका थिए। खनाल पछिल्लो समयमा 'समाजवादी कार्यक्रममा जानुपर्ने' लगायतका ४ शर्त पूरा भए एमालेमा फर्कने धारणा राख्दै आएका थिए।
भृकुटीमण्डपमा जारी रहेको सो सम्मेलनमा दाहाल, माधवकुमार नेपालसहित नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी, जन समाजवादी पार्टी, नेपाल, नेपाल कम्युनिष्ट पार्टी, नेकपा समाजवादी, नेकपा माओवादी समाजवादी, नेकपा साम्यवादी, माओवादी कम्युनिष्ट केन्द्र र देशभक्त समाजवादी मोर्चा लगायतका १० वटा कम्युनिष्ट पार्टीका नेताहरू सहभागी भएका छन्।