arrow

ट्याक्टर दुर्घटनामा साउदको मृत्यु, चालक फरार

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १६ आइतबार
tractor-acc-lamjung.jpg

बैतडी । बैतडीका ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

जिल्लाको सिगास गाउँपालिका वडा नं ३ धमकट्टेबाट सिन्याखेततर्फ गइरहेको ट्याक्टर आइतबार अपराह्न सोही वडाको गडीघाढी भन्ने स्थानमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक इन्द्रराज भट्टका अनुसार सिगास गाउँपालिका वडा नं ३ धमकट्टेका ७५ वर्षीय हरुवा साउदको मृत्यु भएको हो ।

उनका नाति २० वर्षीय महेश साउद घाइते भएको छ । दुर्घटनापछि फरार ट्याक्टर चालकको खोजी जारी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ