काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक चलिरहँदा नेता डा शेखर कोइरालाले आफ्नो उपस्थिति बलियो बनाउन खोजेका छन् ।
उनले आफू निकटका पदाधिकारीहरूसँग छलफल गरेका छन् । पार्टीभित्र देखिएको गतिरोध अन्त्य गरी नियमित महाधिवेशनको कार्यतालिका ल्याउने विषयमा आफू निकट पदाधिकारीहरुसँग छलफल गरेका हुन् ।
कोइरालाले आफ्नो सम्पर्क कार्यालय विशालनगरमा उपसभापति धनराज गुरुङ, महामन्त्रीहरु- गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीद्धय जीवन परियार र बद्री पाण्डेसँग आज बिहान छलफल गरेका हुन् ।
कांग्रेसको संस्थापन पक्षले समयमै नियमित महाधिवेशन गर्न नचाहेपछि विशेष महाधिवेशन भए पनि गर्नुपर्ने माग संस्थापन इतरको माग छ ।
इतरको माग चुहाउन कार्यवहाक सभापति पूर्णबहादुर खड्काले जारी केन्द्रीय समितिमा महामन्त्री थापालाई प्रस्तावसमेत ल्याउन दिएका छैनन् ।
विधानअनुसार कांग्रेसको हालको कार्यसमितिको पदावधि आगामी मंसिरसम्ममात्र छ ।
नियमित महाधिवेशन नभए विशेष महाधिवेशन गर्नसमेत ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गर्दै हस्ताक्षर बुझाइसकेका छन् ।
शेखरको उक्त छलफलपछि कार्यवाहक सभापति खड्का दबाबमा आएका छन् । उनले एक महिनासम्म पछाडि धेकेलेर भए पनि महाधिवेशन गर्ने मनस्थिति बनाएको बुझिएको छ ।