arrow

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १४ शुक्रबार
congress-meeting-82-7-13yy (2).jpg

काठमाडौँ। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्ने भएको छ। पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले दिएको जानकारीअनुसार, बैठक आज (शुक्रबार) दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय, ललितपुरमा पुनः बस्नेछ।

बिहीबारबाट प्रारम्भ भएको यस बैठकमा केन्द्रीय सदस्यहरूले आ–आफ्नो धारणा राख्नेक्रम जारी छ। हिजो (बिहीबार) बसेको बैठकमा १५ जनाले आफ्नो धारणा राखेका थिए । 

जसमा केन्द्रीय सदस्यहरू मानबहादुर विश्वकर्मा, कृष्णचन्द्र नेपाली पोखरेल, बहादुर सिंह (लामा) तामाङ, रमा कोइराला (पौडेल), टेकप्रसाद गुरुङ, राजेन्द्रकुमार के.सी., रंगमती शाही, मदनकृष्ण श्रेष्ठ, सीताकुमारी राना, विद्यादेवी तिमिल्सीना, शान्ति परियार वि.क., लक्ष्मी खतिवडा, आमन्त्रित केन्द्रीय सदस्य पुष्पराज पराजुली, तथा आमन्त्रित प्रदेश सभापतिहरू इन्द्रबहादुर बानियाँ (बागमती) र अमरसिंह पुन (लुम्बिनी) समावेश थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ