वामपन्थी शक्तिबीच राष्ट्रिय सहकार्य अपरिहार्यः प्रचण्ड
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ११ मंगलबार
3.1k
Shares
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै माओवादी धारासहितका सबै बामपन्थीलाई कम्युनिस्ट पार्टीको एउटै झण्डामुनि एकताबद्ध हुन अपिल गरेका छन् ।
मंगलबार सामाजिक सञ्जालमार्फत उनले देशमा देखिएका जटिलता तथा जनअपेक्षा, राष्ट्रिय स्वाधीनता र लोकतन्त्रमाथि देखापरेका चुनौती हल गर्न माओवादी धारासहितका सबै बामपन्थीलाई एकताबद्ध हुन अपिल गरेका हुन् ।
‘यस सत्यलाई आत्मसात् गर्दै, म देशका सबै माओवादी धारासहितका सबै बामपन्थीलाई कम्युनिस्ट पार्टीको एउटै झण्डामुनि एकताबद्ध हुन हार्दिक अपिल गर्दछु,’ उनले लेखेका छन् ।
देशभक्त, प्रगतिशील, वामपन्थी शक्तिबीच राष्ट्रिय सहकार्य अपरिहार्य रहेको उनले उल्लेख गरे ।
उनले थप लेखेका छन्, ‘राष्ट्रले भोगिरहेका समस्या र संकटको समाधान अग्रगामी क्रान्तिकारी विचार, प्रतिबद्ध संगठन र इमान्दार राजनीतिक पहलकदमीबाट मात्रै सम्भव छ।’
यस सन्दर्भमा देशभक्त, प्रगतिशील, वामपन्थी शक्तिबीच संगठनात्मक ध्रुवीकरण तथा लोकतान्त्रिक शक्तिबीच राष्ट्रिय सहकार्य अपरिहार्य बनेको उनले उल्लेख गरे ।