विविधता भित्रको एकता नै नेपाली हुनुको पहिचान : अध्यक्ष दाहाल
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १० सोमबार
908
Shares
काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले विविधताभित्रको एकता नै नेपाली हुनुको पहिचान भएको बताएका छन् । छठ पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै उनले यस्तो बताएका हुन् ।
उनले छठ पर्वले सामाजिक, सांस्कृतिक सद्भाव र राष्ट्रिय एकता मजबुत बनाउन विशिष्ट भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
अध्यक्ष दाहालले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी दाजुभाइमा सुख, शान्ति, समृद्धि एवं दीर्घायुको कामना समेत गरे ।
उनले भने, ‘हाम्रो देश बहुधार्मिक, बहुभाषिक, बहुसांस्कृतिक र बहुजातीय विशेषतायुक्त राष्ट्र हो, संविधानले नै विविध जाति, धर्म, संस्कृति र समुदायलाई समान अधिकार दिएको छ, विभिन्न जाति, धर्म र समुदायका मौलिक संस्कृति अनुसारका चाडपर्वहरूले हाम्रो विविधतालाई प्रतिविम्बित गरेका छन् । परिवारको कल्याण, सन्तान सुख र मनोकामना पूरा हुने विश्वासका साथ मनाइने छठ पर्वले हामी सबैलाई परिवार, समुदाय र समग्र मानव कल्याणको मार्गमा अघि बढ्न प्रेरणा प्रदान गर्नेछ भन्ने विश्वाससहित हार्दिक शुभकामना व्यक्त गर्दछु ।’