काठमाडौँ । नेपाली कांग्रेस महामन्त्री गगनकुमार थापाले छठी माईको दिव्य आशिर्वाद सबैमा रहोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।
छठ पर्वको अवसरमा महामन्त्री थापाले यस्तो शुभकामना व्यक्त गरेका हुन् ।
यस वर्ष दशैँ, तिहार र नेपाल संवत्का साथै छठ पर्वका सार्वजनिक कार्यक्रमहरूमा सहभागी हुन नसकेको जानकारी दिएका हुन् ।
थापाले काठमाडौँ र मधेशका छठ पर्व आयोजकलाई निम्तो दिएकोमा आभार व्यक्त गर्दै क्षमायाचना पनि गरेका छन् ।
उनले लेखेका छन्, ‘मलाई निम्तो गर्नुभएका काठमाडौँ र मधेशका सबै छठ आयोजक मित्रहरूलाई हार्दिक आभार प्रकट गर्दछु । यो वर्ष सहभागी हुन नसक्ने भएकाले क्षमा चाहन्छु ।’
महामन्त्री थापाले आगामी वर्ष सबैसँग मिलेर छठ पर्व मनाउने इच्छा रहेको स्पष्ट पारेका छन् ।