चुनावको तयारी र संसद् पुनःस्थापनाको मुद्दा सँगसँगै : प्रदीप ज्ञवाली
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ८ शनिबार
3.4k
Shares
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले आफ्नो पार्टीले चुनावको तयारी र संसद् पुनःस्थापनाको मुद्दासँगसँगै अगाडि बढाउने बताएका छन् ।
नवलपरासीको सुनवलमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
नेता ज्ञवालीले सरकार नै फागुन २१ मा निर्वाचन गराउने वातावरण बनाउन नलागेको भन्दै संसद् पुनःस्थापनाको ‘एजेन्डा’ पार्टीले नछोडेको बताए ।
उपमहासचिव ज्ञवालीले ‘जेन-जी’ युवा पुस्तासहितका माग सम्बोधन गर्न पनि संसद् पुनःस्थापना आवश्यक रहेको जिकिर गरे ।
उनले चुनाव गराउन प्रदर्शनका क्रममा लुटिएका सुरक्षाकर्मीका हतियार र पाँच हजारभन्दा बढी कैदी अझै बाहिरै रहेकाले चुनावका लागि सुरक्षा चुनौती रहेको धारणा राखे ।
‘फेरि पनि समझदारीका साथ अघि बढ्न सकिने भन्दै उनले भदौ २३ र २४ का घटनाको निष्पक्ष छानबिन, जेन-जी प्रतिनिधिसँग बसेर वार्ताका माध्यमबाट न्यूनतम् विषयमा समझदारीपछि संसद् पुनःस्थापनासहित निर्वाचित जनप्रतिनिधिबाट सहमतिमा चुनाव गरेर अघि बढ्न सकिने स्पष्ट पारे ।
उपमहासचिव ज्ञवालीले पार्टीको महाधिवेशन तोकिसकेकाले अब नेतृत्वको विषयमा महाधिवेशनले नै टुङ्गो लगाउने बताए ।