arrow

जेन-जी आन्दोलन भड्काउन एमालेका नेता कार्यकर्ताको संलग्नता एकपछि अर्को खुल्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ५ बुधबार
kp-oli-82-6-23q.jpg
तस्बिर : फाइल

काठमाडौँ। देशभरि भड्किएको जेन-जी आन्दोलनमा विदेशी शक्तिहरूको हात रहेको आरोप लगाउँदै आएको नेकपा एमाले र त्यसका अध्यक्ष केपी शर्मा ओली आफैँ अहिले गम्भीर आरोपको घेरामा परेका छन् ।

हाल सार्वजनिक भएका तथ्य र बयानहरूले आन्दोलनलाई भड्काउने, अराजकता फैलाउने र तोडफोडमा संलग्न हुने प्रमुख तत्त्व एमालेका आफ्नै कार्यकर्ता र नेताहरू रहेको देखाएको छ।

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कान्तिपुर टेलिभिजनको अन्तर्वार्तामा खुलासा गरेअनुसार उनको घरमा आगजनी गर्ने समूहभित्र केपी शर्मा ओली निकट एक स्थानीय एमाले नेता पनि संलग्न थिए । त्यस्तै पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको निवासमा भएको आगजनी प्रयासमा समेत एमालेकै युवा सङ्गठनका सदस्यको भूमिका रहेको खुलेको छ।

यी खुलासापछि केपी ओली र एमाले नेतृत्वमाथि व्यापक आलोचना भएको छ। लामो समयदेखि “विदेशी तत्त्वले जेन्जी आन्दोलन अपहरण गरेको” भनेर आरोप लगाउँदै आएको एमालेले वास्तवमा आन्दोलन भड्काउने कार्य आफैँले रचेको पुष्टि भएको अहिले नागरिक रूपमा चर्चा भइरहेको छ।

राजनीतिक विश्लेषकहरू भन्छन् , “ओली नेतृत्वले आन्दोलनको मूल उद्देश्यबाट जनतालाई भ्रमित गर्न, युवाहरूमाथि दोष थोपर्न र आफ्नो असफलता लुकाउन नियोजित रूपमा यो षड्यन्त्र रचेको देखिन्छ।”

स्रोतहरूले दाबी गरेका छन् कि एमालेको युवा सङ्गठन र स्थानीय तहका केही संरचनामार्फत आन्दोलनमा घुसपैठ गराएर पार्टीले अराजकता फैलाउने, आन्दोलनलाई चरम हिंसातिर धकेल्ने रणनीति बनाएको थियो।

अब प्रश्न उठेको छ विदेशी तत्त्वको आरोप लगाउने ओली आफैँ किन मौन छन् जब आफ्ना पार्टीका नेता कार्यकर्ता नै आगजनीमा संलग्न देखिएका छन् ? के एमालेले देशका युवा विद्यार्थी समूहले गरेको आन्दोलनलाई अस्थिर पार्न राज्यविरुद्ध काम गरेको हो?

राजनीतिक वृत्तमा अहिले एकै आवाज गुन्जिरहेको छ, “विदेशी होइन, एमालेकै आन्तरिक षड्यन्त्रले आन्दोलनको आगोमा घ्यू थप्ने काम भएको थियो।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ