arrow

नेपाल-चीन मितेरी पुल पुनःनिर्माण अन्तिम चरणमा

कात्तिक १५ गतेसम्म सञ्चालनमा आउने आशा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ५ बुधबार
bhotekoshi-bridge-londri-khola.jpg
तस्बिर फाइल

रसुवा। नेपाल–चीन सीमास्थित ल्हेन्देखोलाको मितेरी पुल पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ। गत असार २४ गते ल्हेन्देख खोलामा आएको बाढीले पक्की पुल बगाएपछि चीन सरकारको आर्थिक एवं प्राविधिक सहयोगमा ‘बेलिब्रिज’ निर्माण भइरहेको हो।

निर्माणका लागि आवश्यक पार्टपुर्जा जडान तथा पिलर ठड्याउने काम भइसकेको जनाइएको छ। पुलको बीच भाग लच्किएपछि थप बलियो बनाउन चिनियाँ प्राविधिकले खोलाको माझमा थप पिलर उठाउने कामसमेत सुरु गरिसकेका छन्।

प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले आफ्नो स्थलगत निरीक्षणका आधारमा कामको तीव्रता हेर्दा यही कात्तिक १५ गतेसम्म मितेरी पुल सञ्चालनमा आउन सक्ने आँकलन गरेका छन्। यद्यपि, उनले सीमाक्षेत्रका समकक्षी चिनियाँ अधिकारीहरूले भने सञ्चालनको आधिकारीक जानकारी नदिएको बताएका छन्।

पुल निर्माण हुँदासाथ व्यापार व्यवसाय सहज हुनेमा व्यवसायीहरू आशावादी देखिएका छन्। प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईले पुल सञ्चालनमा आएलगत्तै आयातित माल सामग्रीको छिटोछरितो भन्सार प्रक्रिया पूरा गराउन आफ्ना कर्मचारीहरू तयारी अवस्थामा रहेको जानकारी दिएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ