arrow

सर्वोच्चमा प्रतिनिधि सभा विघटनविरुद्ध १० ओटा रिट दर्ता, कात्तिक १२ गते पेसी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २९ बुधबार
samsad-bhawan-baneshwor-82-6-24aa.jpg
तस्बिर-फाइल, जेन-जीले आन्दोलनमा जलाइएको संसद भवन ।

काठमाडौँ । सर्वोच्च अदालतमा प्रतिनिधि सभा विघटनविरुद्ध आज १० ओटा रिट निवेदन दर्ता भएका छन् । सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद  कोइरालाले रिटमाथि आगामी कात्तिक १२ गते सुनुवाइका लागि पेसी तोकिएको जानकारी दिए ।

प्रवक्ता कोइरालाका अनुसार प्रधानमन्त्रीको नियुक्ति बदर, संसद् विघटन बदर एवं संसद् पुनःस्थापना समेतमा उत्प्रेषण, परमादेश आदेशको माग गर्दै मङ्गलबार पेस भएका १० ओटा रिट निवेदन दर्ता भएका हुन् । दर्ता भएका निवेदनमाथि संवैधानिक इजलासमा सुनुवाइ हुनेछ ।

गत भदौ २४ गते भएको जेन–जी प्रदर्शनका क्रममा अदालतमा आगजनी, ढुङ्गामुढा, तोडफोड र लुटपाटबाट क्षति पुगेको थियो । त्यसपछि बन्दीप्रत्यक्षीकरण, अत्यावश्यक निवेदन दर्ता र सुनुवाइबाहेक सबै काम स्थगन भएको थियो । मङ्गलबारदेखि  रिट निवेदन दर्ता र सुनुवाइ खुलेपछि प्रतिनिधि सभा विघटनविरूद्ध रिट निवेदन आएका हुन् ।

रिट निवेदन पेस गर्नेमा अधिवक्ता डा प्रेमराज सिलवाल, युवराज पौडेल, अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलसमेत, आयुष बडाल, मकबुल मियाँ, अधिवक्ता खड्कबहादुर शाह, डम्बरप्रसाद शिवाकोटी, अधिवक्ता दलबहादुर धामी, प्रकाश भुजेल र विपिन ढकाल रहेका छन् । 

यही असोज २६ गतेको प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहित सम्पूर्ण न्यायाधीशको पूर्ण बैठक (फुल कोर्ट) यही असोज २८ रिट निवेदन दर्ता एवम् सुनुवाइको निर्णय गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ