रामबाघ महलबाट महाधिवेशनको समय र स्थान तोक्दै एमाले [तस्बिर]
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २९ बुधबार
3.7k
Shares
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एमालेको १०औँ केन्द्रीय कमिटी बैठक ललितपुरको जावलाखेलको खेलभनिमण्डलस्थित रामबाघ महलमा आजदेखि शुरू भएको छ ।
तीन दिनसम्म चल्ने बैठकले पार्टीको महाधिवेशन र स्थान तोक्नेछ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा अध्यक्ष ओलीले समसामयिक राजनीतिक घटनाक्रम समेटिएको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् ।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले दिएको जानकारी अनुसार, अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनमाथि प्रादेशिक रूपमा इच्छुक केन्द्रीय सदस्यहरूलाई धारणा राख्नका लागि तीन मिनेटको समय छुट्याइएको छ।
बैठकको मुख्य एजेन्डामा पार्टीको आगामी महाधिवेशनको तयारी रहेको छ । यसअघि यही असोज २४ र २६ गते बसेको सचिवालय बैठकले मङ्सिर अन्तिम साता पार्टीको महाधिवेशन गर्ने निर्णय गरिसकेको छ, जसको औपचारिक समय र स्थान बैठकले तोक्ने छ।