arrow

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक शुरू, सभापति देउवा सार्वजनिक

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २८ मंगलबार
deuba-82-6-28o.jpg

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक शुरू भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपा बीपीनगरमा शुरू भएको हो । 

सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सोही बैठकमा सार्वजनिक भएका छन् । जन–जी प्रदर्शनकारीहरुको कुटाईबाट गम्भीर घाइते भएका उनले पार्टी केन्द्रीय कार्यसमिति बैठकमा सहभागी हुनका लागि पार्टी मुख्यालय सानेपामा सार्वजनिक भएका हुन् । 

बूढानीलकण्ठस्थित आफ्नै निवासमा गत भदौ २४ गते जेन–जी प्रदर्शनकारीहरुले देउवा र उनकी धर्मपत्नी एवं कांग्रेस केन्द्रीय सदस्य डा आरजू राणा देउवालाई गम्भीर घाइते हुनेगरी कुटपिट गरेका थिए । 

त्यसपछि उनी ३४ दिनपछि पार्टी केन्द्रीय कार्यसमिति बैठकमार्फत सार्वजनिक भएका हुन् । 

आफ्नो निवास ध्वस्त भएपछि देउवा आफन्तको घरमा बस्दै आएका छन् । उनलाई सेनाले उद्धार गरेर सैनिक अस्पताल लगेपछि कसैलाई पनि भेट्न दिइएको थिएन । 

देउवाले आफू पनि कहिले अस्पतालबाट डिस्चार्ज भए भन्नेबारेसमेत बताएनन् । 

बैठकमा संस्थापन पक्ष इतरका नेताहरुले देउवालाई पद छोड्न दबाब दिने तयारी गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ