arrow

सर्वोच्चमा प्रतिनिधि सभा विघटनविरुद्ध आधा दर्जन रिट

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २८ मंगलबार
supreme-court-photo-oli.jpg
फाइल तस्बिर

काठमाडौँ । सर्वोच्च अदालतमा आजदेखि रिट निवेदन दर्ता खुलेसँगै प्रतिनिधि सभा विघटनविरुद्ध हालसम्म ६ वटा रिट निवेदन पेस भएका छन् ।

गत भदौ २४ गते भएको जेन–जी प्रदर्शनमा अदालतमा आगजनी, ढुङ्गामुढा, तोडफोड र लुटपाटबाट क्षति भएपछि बन्दी प्रत्यक्षीकरणका निवेदन तथा अत्यावश्यक निवेदन दर्ता र सुनुवाइ बाहेक सबै काम स्थगत भएको थियोे । आजदेखि रिट निवेदन दर्ता र सुनुवाइ खुलेपछि प्रतिनिधिसभा विघटनविरुद्ध धमाधम रिट निवेदन आएका हुन् ।

    सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार प्रतिनिधिसभा विघटनविरुद्ध हालसम्म ६ वटा रिट निवेदन पेस गरिएकामा दर्ताका लागि अध्ययन भइरहेको छ ।

    यही असोज २६ गतेको प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतसहित सम्पूर्ण  न्यायाधीशको पूर्ण बैठक (फूल कोर्ट)ले आजदेखि रिट निवेदन दर्ता एवम् सुनुवाइ गर्ने निर्णय गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ