arrow

राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा लगानी गर्ने, बैंक तथा वित्तीय संस्थालाई आह्वान

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २८ मंगलबार
nepal-rastra-bank-new-81-5-27.jpg

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको रु तीन अर्ब ३० करोड बराबरको रकम बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ। केन्द्रीय बैंकले सूचनामार्फत यो रकम ३६६ दिन (एक वर्ष) का लागि क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थामा लगानी गर्न लागिएको जानकारी दिएको छ।

लगानी प्राप्त गर्नका लागि बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको, बैंकबाट तोकिएको न्यूनतम कूल पुँजीकोष कायम रहेको, र निष्क्रिय कर्जा कूल कर्जा सापटीको आठ प्रतिशत तथा खुद निष्क्रिय कर्जा अनुपात तीन प्रतिशत ननाघेको हुनुपर्ने शर्तहरू तोकिएको छ।

इच्छुक बैंक तथा वित्तीय संस्थाले यही असोज ३० गतेभित्र आफूले लिन चाहेको रकम र उक्त रकमका लागि प्रस्ताव गरिएको व्याजदरसमेत तोकेर आवेदन दिनुपर्ने सूचनामा उल्लेख छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ