खातामा इमेल ठेगाना अद्यावधिक गर्न ग्राहकलाई एनआईसी एसिया बैङ्कको अनुरोध
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २७ सोमबार
955
Shares
काठमाडौँ। एनआईसी एसिया बैङ्कले आफ्ना ग्राहकलाई आफ्नो खातामा इमेल ठेगाना अद्यावधिक गर्न अनुरोध गरेको छ। ग्राहकमाझ गतिशील बैङ्किङ को अभ्यास गरिरहेको एनआईसी एसिया बैङ्कले आफ्नो खातामा इमेल ठेगाना अद्यावधिक गर्न अनुरोध गरेको हो।
बैङ्कका ग्राहकको आफ्नो खातामा बैङ्कको भिडियो केवाईसी https://www.nicasiabank.com/video-kyc/ वा मोबाइल बैङ्किङ एपएनआईसी एशिया मो बैङ्क मा रहेको मेरी प्रोफाइलमा ट्याप गरी इमेल परिवर्तनको विकल्प छनोट गरी आफ्नो इमेल ठेगाना यथाशीघ्र अद्यावधिक गर्न सक्ने पनि बैङ्कले जनाएको छ।
साथै ग्राहकले आफूलाई पायक पर्ने यस बैङ्कको जुनसुकै शाखा कार्यालयबाट समेत आफ्नो खातामा इमेल ठेगाना अद्यावधिक गर्नको लागि आवेदन दिन सकिने प्रबन्ध मिलाइएको बैङ्कले जानकारी दिएको छ।
इमेल ठेगाना अद्यावधिक नभएको खण्डमा बैङ्कको नजिकैको शाखा कार्यालय वा ग्राहक सम्पर्क केन्द्रको फोन नम्बरहरू १६६०–०१–७७७७१, ०१–५९७०१०१ मा सम्पर्क गरी जानकारी लिनसमेत बैङ्कले अनुरोध गरेको छ।