arrow

राष्ट्रिय सभा अध्यक्ष दाहाल जेनेभा जाने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २७ सोमबार
narayan-pd-dahal.jpg

काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल जेनेभा जाने भएका छन् । अन्तरिक व्यवस्थापिका मञ्चको एक सय ५१औँ भेलामा भाग लिन अध्यक्ष दाहाल असोज ३१ गते जेनेभा जाने भएका हुन् ।

आइतबार प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेका दाहालले प्रधानमन्त्रीसँगको भेट नियमित जस्तै रहेको र तीन पटक भेटिसकेको जानकारी दिए ।

प्रधानमन्त्रीसँगको भेटमा संघीय संसदको नेतृत्व गर्दै आफू जेनेभा जान लागेको र त्यसबारे प्रधानमन्त्रीलाई जानकारी गराएको बताए । मानवीय मान्यता कायम राख्ने र संकटको समयमा मानवीय कार्यलाई समर्थन गर्ने भन्ने थिम यस वर्षको अन्तरिव्यवस्थापिका मञ्चको रहेको उनले बताए । 

उनले भने, ‘यो नियमित जस्तै पनि हो । मैले दुई, तीन पटक भेटिसकेको छु । १७ तारिकको (यसको ३१ गते) म जेनेभा जाँदैछु । अन्तरिव्यवस्थापिका मञ्चको एक सय ५१औँ भेला छ । त्यो भेलामा संघीय संसदको तर्फबाट म सहभागी हुन जाँदैछु । त्यसको बारेमा रिपोर्टिङ गर्नु थियो । जानकारी दिनु थियो । त्यसका मूल विषयहरू यसरी सोचेका छु भनेर मौखिक रुपमा विषयवस्तु जानकारी गराएको छु । मानवीय मान्यताहरु कायम राख्ने र संकटको समयमा मानवीय कार्यलाई समर्थन गर्ने भन्ने थिम छ । गत साल एआईको थियो ।’

भेलामा जलवायु परिवर्तनको मुद्दा पनि उठाउने उनले बताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ