arrow

राष्ट्र बैंकद्वारा क्यासिनोलाई विदेशी मुद्रा कारोबार गर्न इजाजत अनिवार्य; डेबिट कार्ड कारोबार सीमामा कटौती

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २६ आइतबार
sangrila-casino.jpg.jpeg

काठमाडौँ। नेपाल राष्ट्र बैंकले क्यासिनोलगायतका संस्थाले इजाजत लिएरमात्र विदेशी मुद्राको कारोबार गर्नुपर्ने व्यवस्था लागू गरेको छ। केन्द्रीय बैंकले विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ३ अनुसार इजाजत लिएर मात्र कारोबार गर्नुपर्ने प्रावधानअनुरूप नयाँ प्रबन्ध गरेको जनाएको छ।

केन्द्रीय बैंकले जारी गरेको सूचनामा क्यासिनोलगायतका संस्थाले इजाजत लिएर विदेशी विनिमय (भारतीय मुद्रासमेत) को कारोबार गर्नु गराउनुपर्ने उल्लेख छ। यो व्यवस्था क्यासिनोलाई विदेशी विनिमयको कारोबार गर्न इजाजत प्रदान गर्ने सम्बन्धमा गरिएका विनियमावलीहरूको निरन्तरता हो।

यसैगरी, राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन जारी गर्दै कार्ड कारोबारको सीमामा पनि संशोधन गरेको छ। नयाँ व्यवस्थाअनुसार डेबिट कार्डबाट प्रतिकारोबार रु २० हजार बराबर र प्रतिदिन रु ५० हजार बराबरमात्र कारोबार गर्न सकिनेछ। यसअघि प्रतिदिन रु एक लाख बराबरको कारोबार गर्न सकिन्थ्यो।

प्रिपेड कार्डबाट भने प्रतिकारोबार रु १० हजार बराबर, प्रतिदिन रु २० हजार बराबर र मासिक रूपमा रु दुई लाख बराबर कारोबार गर्न सकिने पुरानै व्यवस्था कायम राखिएको छ। क्रेडिट कार्डका हकमा स्वीकृत सीमाको १० प्रतिशतसम्म कारोबार गर्न सकिने व्यवस्थामा कुनै संशोधन गरिएको छैन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ