काठमाडौँ । जेन-जी आन्दोलनले उत्पन्न विषम परिस्थितिमा निर्माण भएको वर्तमान अन्तरिम सरकारलाई अभिभावकीय भूमिका निर्वाह गर्न आग्रह गरिएको छ।
विभिन्न क्षेत्रका सरोकारवालाहरूले शुक्रबार सामूहिक अपील जारी गर्दै सरकारसमक्ष यस्तो आह्वान गरेका हुन् ।
देशैभरबाट विभिन्न क्षेत्रका ३० जना सरोकारवालाहरु पत्रकार, प्राध्यापक, लगाएत विभिन्न विषय विज्ञहरुले ९ बुँदे सामुहिक विज्ञप्ती जारी गर्दै यस्तो आह्वान गरेका हुन् ।
उनीहरुले राजनीतिक दल र व्यक्तिहरूलाई पनि जिम्मेवार बन्न र नेताहरूलाई नेतृत्वको ढोका खोल्न पनि जोडदार रुपमा आग्रह गरेका छन् ।
राजनैतिक विश्लेषक डा. गंगाधर अधिकारीका अनुसार देशलाई वर्तमान विषम परिस्थितिबाट निकाश दिन र थप संकटतर्फ जान नदिनका लागी सचेत गराउन सरकार र दलका नेताहरुलाई सामूहिक रुपमा सचेत गराइएको हो ।
यस्तो छ सरोकारवालाहरुको ९ बुँदे आह्वानः
१. भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका क्रममा भएको क्षति प्रति हामी अत्यन्तै दुःखी छौं। उक्त क्रियाकलापमा ज्यान गुमाउने विद्यार्थीहरू- नागरिकहरू प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सम्प्रेषित परिवारप्रति गहिरो संवेदना व्यक्त गर्दछौं। साथै उपचाररत घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं।
२. भ्रष्टाचार, सामाजिक सञ्जाल दुरुपयोगको प्रभाव रद्द गर्न भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनपछि सरकारले फागुन २१ गते सार्वजनिक गरेको प्रतिबन्ध घोषणा गरेको छ। नेपाली नागरिकको असुरक्षा, भिन्न विचार र योगदानबाट भरिएको संघीय लोकतान्त्रिक गणतन्त्र र नेपालको सम्भाव्यताको संरक्षणको लागि प्रभावकारी कदम उठाउनु राष्ट्रको दायित्व हो।
३. नागरिकको अभिव्यक्ति वा वैध अधिकार परीक्षण गरिने माध्यम हो। तर हाल लोकतान्त्रिक दल प्रतिबन्धबाट प्रभावित भएका छन्। विनाकारण सन्देह, भ्रम, फागुन २१ गतेको प्रतिबन्धले संवैधानिक एवं राजनीतिक संकट उत्पन्न गरेको हुँदा सम्पूर्ण राजनीतिक दलहरू र सम्पूर्ण नागरिक वर्गलाई उत्साहपूर्ण वातावरणमा प्रतिबन्धको केन्द्रित पुनर्विचार गर्न आग्रह गर्दछौं।
४. शान्तिपूर्ण, सभ्य र सुरक्षित वातावरणमा प्रतिबन्ध सम्पन्न गर्न शान्ति–सुरक्षा प्राथमिकता र आवश्यकता हो। वर्तमान परिस्थितिलाई हेर्दा सुरक्षाको दृष्टिले अझ चुरोटपूर्ण छ। सुरक्षा बलको ठूलो उपस्थितिले बढाएको छ। प्रहरी कार्यालय, सञ्चार उपकरणहरू क्षतिग्रस्त भएका छन्, सुरक्षा उपकरणहरूसँग काम गर्न अप्ठ्यारो वातावरण बनेको छ। त्यसैले सुरक्षा बलको क्षमता उच्च स्तरमा बढाएर आवश्यक साधन व्यवस्थापन गर्दै शान्ति–सुव्यवस्था बहाल गर्न सरकारलाई आग्रह गर्दछौं।
५. लोकतान्त्रिक प्रणालीमा “लोकतन्त्रको भविष्य सुन्ने लोकतन्त्र हो, र दलहरूको भविष्य बनाउने परिष्कृत दलहरू नै हुन्।” वर्तमान परिस्थितिमा नेपाली काँग्रेस, राप्रपा एमाले र माओवादीलगायत संसदीय दलका साबिक÷अध्यक्ष सदस्यहरूले नागरिकको चाहनालाई प्राथमिकता दिँदै दलहरूलाई सुदृढ, रूपान्तरण, शुद्धीकरण गर्दै नेतृत्व कायम राख्न र नागरिक प्रति उत्तरदायी बन्न हार्दिक आग्रह गर्दछौं।
६. अपराधको राजनीतिकरण र राजनीतिक अपराधले दण्डहीनताको संस्कार ल्याउँछ। भदौ २३ गतेको निर्दोष हत्या र २४ गतेको सरकारी, निजी एवं व्यावसायिक प्रतिष्ठान, सञ्चार गृहमा भएका तोडफोड, आगजनी, र हिंसात्मक गतिविधिको स्वच्छ अनुसन्धान गरी दोषीलाई कारबाही गर्न सरकारसँग आग्रह गर्दछौं। आयोग वा अन्य निकायले आपराधिक गतिविधिमा संलग्न जो कोहीलाई कारबाही गर्दै भविष्यमा पुनः यस्ता गतिविधि रोक्न प्रभावकारी कदम चाल्नु आवश्यक छ।
७. स्वायत्तता, संवैधानिक सर्वोच्चता र अखण्ड भौगोलिक हकलाई कमजोर पार्ने वा संकुचन गर्ने कुनै पनि प्रयास अस्वीकृत छ। यसलाई सुधार र परिवर्तनका संवाहक एवं जिम्मेवार पक्षसँग मिलेर अघि बढाउन हाम्रो आग्रह छ।
८. शासकीय कुशलता र सुझबुझको कमीले देशमा विदेशी हस्तक्षेप बढिरहेको वास्तविकता सबै पक्षले स्वीकार्न आवश्यक छ। समयमै राष्ट्रिय हितमा सहकार्य, सहमति र विश्वासको वातावरण बनाएर भविष्यमा हुने समस्यालाई सुधार गर्न आवश्यक छ।
९. बदला र राजनैतिक दबाबबाट कुनै पनि निर्णय लिन सकिँदैन। त्यसका लाभ र भविष्यमा पालन गर्ने नियम अनुसार दण्ड प्रणालीलाई सुदृढ पार्नु नै भविष्यको आवश्यकता हो। सबै सचेत होऔं। विवेक प्रयोग गरौं। संयम कायम गर्दै साझा लक्ष्यको लागि जुटौं।
प्रेमबहादुर खड्का (पूर्व अध्यक्ष, नेपाल बार एसोसिएसन)
ई. किशोर शाक्य (पूर्व अध्यक्ष, नेपाल इन्जिर्यसन एसोसिएसन)
डा. चोप लाल भुषाल (पूर्व अध्यक्ष, नेपाल चिकित्सक संघ)
पुरुषोत्तम दाहाल (वरिष्ठ पत्रकार)
डा. केदार नरसिंह केसी (पूर्व अध्यक्ष, नेपाल चिकित्सक संघ)
राजेश्वर उपाध्याय (पूर्व अध्यक्ष, नेपाल प्राध्यापक संघ)
डा. लोचन कार्की (निवर्तमान अध्यक्ष, नेपाल चिकित्सक संघ)
गणेश दत्त भट्ट
गोपाल कृष्ण घिमिरे (पूर्व अध्यक्ष, नेपाल बार एसोसिएसन)
कूल चन्द्र वाग्ले (अध्यक्ष, प्रजातान्त्रिक विचार समाज)
प्रा. हरि दर्शन श्रेष्ठ
कवीर राणा (वरिष्ठ पत्रकार)
डा. गंगाधर अधिकारी
सि. भी. लल्ल
डा. विक्रान्त ढकाल
राजन कुइंकेल
ई. सुदर्शन ढण्डारी
गोकर्ण अर्याल
कृष्ण केसी
लक्ष्मण केसी
प्रा. जीवन राई (धरान)
प्रा. डा. वासुदेव भण्डारी (कास्की)
प्रा. डा. पुष्पराज श्रेष्ठ
नरेन्द्र गुरुङ
मीरा पुन
जानुका पन्त (नवलपरासी)
अनार बस्नेत
नविन झा (जनकपुर)
राचन्द्र चालिसे (चितवन )
सुव्रत नरसिंह केसी
(सबैको तर्फबाट)
डा. केदारनरसिंह के सी ९८५१०१८४६५
डा. गंगाधर अधिकारी ९८५११२१०७४