कांग्रेस पदाधिकारी बैठक शनिबार पनि बस्ने, राष्ट्रिय राजनीतिबारे छलफल
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २४ शुक्रबार
943
Shares
काठमाडौँ। नेपाली कांग्रेसका पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठक नेताहरूको बोल्ने क्रम नसकिएपछि शनिबार बिहान ११ बजे पुनः बस्ने भएको छ। बिहीबारदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी रहेको यस बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका सदस्यहरू समेत सहभागी छन्।
बैठकमा मुलुकमा विद्यमान राजनीतिक जटिलतामा पार्टी र मुलुकलाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल केन्द्रित रहेको नेताहरूले बताएका छन्। आगामी असोज २६ गते बस्ने पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठक मा समान र ठोस धारणा बनाएर जाने उद्देश्यले छलफल भइरहेको छ।
बैठकले देशमा खडा भएको राष्ट्रिय राजनीतिको प्रश्नबारे ठोस समान धारणा बनाउने विषयमा केन्द्रित रहेर गृहकार्य गरिरहेको छ। यद्यपि, पार्टीको महाधिवेशन निर्धारित समयमा गर्ने कि 'अर्ली अधिवेशन' गर्ने भन्ने विषयमा भने नेताहरूबीच मतभेद देखिएको छ।