arrow

कैलाली कारागारबाट फरार भएका तीन सय ८० कैदीबन्दी फर्किए

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २३ बिहिबार
kailali-karagar.jpg

कैलाली । कैलाली कारागारबाट फरार भएका ३८० कैदीबन्दी फर्किएका छन् ।

जेनजी-को प्रदर्शनका क्रममा छ सय ६७ कैदीबन्दी कारागारबाट फरार भएकोमा दुई ८७ कैदीबन्दी अझैसम्म नफर्किएको कारागार कार्यालयले जनाएको छ । कार्यालयको तथ्याङ्कका अनुसार फर्किनेमा ३६ महिलासहितका कैदीबन्दी छन् । 

२१ भारतीय कैदीबन्दी फरार भएकोमा दुई जना कैदीबन्दी फर्किएका छन् । धेरैजसो कैदीबन्दी दिउँसोभन्दा रातको समयमा फर्किने गरेको कार्यालयले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीले फरार कैदीबन्दीलाई यही असोज २० गतेसम्म फर्किन समय सीमा तोकेको थियो ।

सूचनामा स्थानीय प्रशासनले तोकिएको समयमा सम्पर्कमा नआएका कैदीबन्दीलाई कारागार ऐन र प्रचलित कानुनअनुसार कारबाही गरिने जनाएको थियो । यही असोज १३ देखि २२ गतेको अवधिमा थप ५३ कैदीबन्दी फर्किएका हुन् । 

कैदी फरारको घटनापछि सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा फरार कैदीको खोजी र पक्राउका लागि कार्यदल बनाइएको थियो । 

कारागारमा गत साउन २३ गते कैदीबन्दीबीच झडप हुँदा एक जनाको मृत्यु र ४८ कैदीबन्दी घाइते भएका थिए । घाइते एक जनाको अझै सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । 

उपचारपछि फर्किएकालाई अन्यत्रका कारागारमा स्थानान्तरण गरिसकिएको कार्यालयका निमित्त प्रमुख ज्ञानेन्द्र ओझाले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ