नवलपुरमा पालिका सभापतिहरूको एक स्वर : नेतृत्व परिवर्तन अपरिहार्य
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २२ बुधबार
4k
Shares
कावासोती । नेपाली कांग्रेस नवलपुरका आठ वटा स्थानीय तहका सभापतिहरुले नेपाली कांग्रेसको नेतृत्व परिवर्तन अपरिहार्य भएको बताएका छन् ।
बुधबार कावासोतीमा बसेको स्थानिय तहका सभापतिहरुको बैठकले नेतृत्व परिवर्तन अपरिहार्य भन्दै जिल्लाका महाधिवेशन प्रतिनिधिहरुलाई विशेष महाधिवेशनको पक्षमा चलिरहेको हस्ताक्षर अभियानमा सहभागी भई परिवर्तनको पक्षधर बन्न विज्ञप्तिमार्फत आग्रह गरेको हो ।
त्यसैगरी बैठकले जिल्लाबाट निर्वाचित केन्द्रीय सदस्यहरुलाई आगामी केन्द्रीय समितिको बैठकमा विशेष या नियमित अधिवेशनको पक्षमा निर्णय गराउन पहल गर्न आग्रह गरेको छ ।
बैठकपछि जारी विज्ञप्तिमा देवचुली नगर सभापति डिल्लीराम कडरिया, गैँडाकोट नगर सभापति बद्री सापकोटा, मध्यविन्दुका कार्यवाहक नगर सभापति जित बहादुर थापा, कावासोती नगर उपसभापति गोमा खण्डलुक, बुलिङ्गटार सभापति ओमकुमार श्रेष्ठ, हुप्सेकोट सभापति बलबहादुर राना, विनयी त्रिवेणि सभापति अजित थापाले हस्ताक्षर गरेका छ्न् ।
बैठकमा उपस्थित नभएका बौदीकाली सभापति केबि रानाले अभियानको पक्षमा आफ्नो समर्थन रहेको हाम्राकुरालाई बताए ।
नवलपुरमा अभियानको पक्षमा ६८ प्रतिशत हस्ताक्षर पुग्यो
विशेष महाधिवेशनको पक्षमा नवलपुरमा ८० प्रतिशत हस्ताक्षर पुगेको छ । ५० जना महाधिवेशन प्रतिनिधि रहेको जिल्लामा फाईल बुझाउने समय सम्म ३४ जना महाधिवेशन प्रतिनिधिहरुले हस्ताक्षर गर्ने दावी गरिएको छ ।
दुई संघिय निर्वाचन क्षेत्र रहेको जिल्लाको क्षेत्र नं १ मा अहिलेसम्म १६ जनाले हस्ताक्षर गरिसकेका छ्न । भोलि बोलाईएको महासमिति तथा महाधिवेशन प्रतिनिधिको भेला पश्चात् सभापति महेन्दध्वज जिसि र खगिसरा गुरुङले अभियानको पक्षमा हस्ताक्षर गर्ने दावी श्रोतले गरेको छ ।
त्यसैगरी क्षेत्र नम्बर २ मा हाल सम्म १८ जनाको हस्ताक्षर भईसकेको र केही नेताहरु काठमाडौं भएका कारण फाईल बुझाउने समय सम्म त्यो संख्या बढेर जाने बताईएको छ ।
दुई संघिय निर्वाचन क्षेत्र रहेको जिल्लाको क्षेत्र नं १ मा अहिलेसम्म १६ जनाले हस्ताक्षर गरिसकेका छ्न । स्रोतका अनुसार महासमिति सदस्य भरत तिवारी, ओमकला गौतम, गजेन्द्र आले, खगिसरा गुरुङ, जिल्ला सभापति महेन्द्रध्वज जिसि, महाधिवेशन प्रतिनिधिहरु अशोक बस्ताकोटी, सरस्वती तिमिल्सिनाले हस्ताक्षर गर्न बाँकी रहेको बताईएको छ ।त्यसै गरि क्षेत्र नं २ मा चन्द्रबहादुर राना र प्रदेश महामन्त्री विष्णु लामिछाने बाहेक सबैले हस्ताक्षर गरेको अभियानको संयोजन गरिरहेका जिल्ला उपसभापति बालकृष्ण घिमिरेले बताए ।
भोलि बोलाईएको महासमिति तथा महाधिवेशन प्रतिनिधिको भेला पश्चात् सभापति महेन्दध्वज जिसि र खगिसरा गुरुङले अभियानको पक्षमा हस्ताक्षर गर्ने दावी स्रोतले गरेको छ । सभापति जिसिले सोमबार महामन्त्री गगन थापालाई भेटे पछि जिल्लामा भेला बोलाएका छ्न ।
हस्ताक्षर नगर्ने भरत तिवारी, गजेन्द्र आले, झपेन्द्रस्वर भुसाल शशांक कोइराला निकट, अशोक बस्ताकोटी, ओमकला गौतम, सरस्वती तिमिल्सिना, सीता पाण्डे देवकोटा, चन्द्रबहा?राना सभापति देउवा निकटका नेता हुन ।
जिल्लाबाट केन्द्रीय सदस्य बनेका डा.शशांक कोइराला, कृष्णचन्द्र नेपाली, विनोद चौधरी र सीता पाण्डे देवकोटाले केन्द्रीय समितिको बैठकमा आफ्नो धारणा राख्ने बताए ।