काठमाडौं । काँग्रेस नेता एवं व्यवसायीका समेत नेता चिरञ्जीवी तिवारीको निधन भएको छ । प्याङ्क्रयाजको क्यान्सरबा६ पीडित रहेका तिवारीको बुधबार साँझ ५ : ४३ बजे नेपाल क्यान्सर अस्पताल हरिसिद्धीमा निधन भएको नेपाली काँग्रेस काठमाडौं क्षेत्रनं ४ का पूर्व सचिव एवं क्षेत्रीय सदस्य श्याम संगतले जानकारी दिए ।
७३ वर्षीय तिवारी नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षको लागि समेत चुनाव लडेका व्यक्ति हुन् । उनी आनन्दराज मुल्मीसँग २०५४ देखि ५६ को कार्यकालसम्मको लागि उम्मेदवारी दिएका थिए । तर, उनी झिनो मतले पराजित भएर मुल्मी अध्यक्ष बनेका थिए ।
त्यस्तै, २०३९ र ५४ सालको आम निर्वाचनमा काठमाडौं क्षेत्र नं ४ बाट उम्मेदवारी दिएका तिवारी नेपाल विद्यार्थी संघको संस्थापक सदस्य पनि हुन् । उनको बिहीबार साँझ ६ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने नेता संगतले जानकारी दिए । सो भन्दा पहिले नै पाँच बने पशुपति आर्यघाट बाहिर तिवारीको श्रद्धाञ्जलिको लागि शव राखिने जनाईएको छ ।
उनलाई नजिकबाट नियालेकाहरु महासंघको अध्यक्षदेखि संसद सदस्यसम्मको चुनावमा सफलता पाउन नसके पनि तिवारीले देखाएको प्रजातन्त्र र खुला बजार नीतिप्रतिप्रतिको अविचलित निष्ठा अनुकरणीय रहेको बताउँछन्।