arrow

सकियाे झगडा : यस्तो छ सर्वोच्च र बारबीच भएको ७ बुँदे (पत्रसहित)

logo
प्रकाशित २०७३ माघ १९ बुधबार
Suprim-court-new-a.jpeg

काठमाडौं । उच्च अदालतको न्यायाधीश नियुक्तिविरुद्ध उत्रिएको नेपाल बार एशोसिएशन र सर्वोच्च अदालतबीच सातबुँदे सहमति भएको छ । मंगलबार वार्ता भइ दुई पक्षले राति अवेर मात्रै सहमति पत्र सार्वजनिक गरेका हुन् । योसँगै झगडा अन्त्य भएको छ ।

न्यायाधीश नियुक्तिका सम्बन्धमा देखिएको चासो, सरोकार र असन्तुष्टीलाई सम्बोधन गर्न आगामी दिनमा न्यायाधीश नियुक्तिलाई अझबढी बस्तुनिष्ठ, समावेशी र सक्षमतामा आधारित बनाउनेतर्फ आवश्यक पहल गर्न प्रधानन्यायाधीशमार्फत न्यायपरिषद्को ध्यानाकर्षण गराउने सहमति भएको छ ।

यस्तै, न्यायपरिषद् (कार्यविधि) नियमावलीमा रहेको समन्वयन समितिलाई क्रियाशील र प्रभावकारी बनाउन प्रधानन्यायाधीशमार्फत न्याय परिषद्लाई आग्रह गर्ने र वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्ने सम्बन्धमा चाँडो पहल गर्ने सहमति पनि भएको बार अध्यक्ष शेरबहादुर केसीले जानकारी दिए ।

नेपाल बारले उच्च अदालतका ८० न्यायाधीशको नियुक्ति पुनःविचार गर्नु पर्ने माग छाडेको छ । सहमति पत्रमा बार महासचिव खम्बबहादुर खाती र सर्वोच्चका रजिष्ट्रार नृपध्वज निरौलाले हस्ताक्षर गरेका छन् ।

Image may contain: text

No automatic alt text available.



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ