बाजुरा । बाजुराको भौगोलिक विकटतालई मध्यनजर गर्दै नेपाल साल्ट ट्रेडिङ्गले बाजुरामा थप दुईवटा स्थायी डिपो थप्ने भएको छ । फेव्ररी एक अर्थात बुधबार आयोडिन दिवसको अवसरमा नेपाल साल्ट ट्रेडिङ्गका उप महाप्रबन्धक एवं क्षेत्रीय कार्यालय धनगढीका प्रमुख केशब प्रसाद पाण्डेले बाजुरामा थप दुईवटा नुन विक्री डिपो केन्द्र थप्ने तयारी भईरहेको बताए । नुन डिपो थप्नुको कारण बुझ्न आफू बाजुरा आएको बताए ।
सदरमुकाम मार्तडीबाट ४० कोष टाढा रहेको विच्छ्याको कवाडीमा एक डिपो रहने छ । त्यस्तै कुल्देवमाण्डौ गाविसको मौरेमा पनि नयां स्थायी डिपो स्थापना गरिने भएको छ । मौरे डिपोबाट कम्तीमा ६ वटा गाविसका जनताले आयोडिन युक्त नुनको सहज रुपमा पाउने भएका छन् । कवाडी डिपोबाट रुगिन र विच्छ्या दुई गाविस र छिमेकी जिल्ला हुम्ला र मुगुका जनतालाई पनि नुनको सहजता हुनेछ ।
उक्त नुन नौ रुपैंया प्रतिकिलोका दरले बिक्री गरिने उप महाप्रबन्धक पाण्डेले बताए । पहाडी जिल्लामा सरदर एक जनालाई उसका गाई वस्तु सहित वार्षिक चार किलो नुनकको आवश्यकता पर्छ । “जनसंख्याका आधारमा नुनको कोटा थोरै हो त्यो पनि बिक्री नहुंदा जनताले आयोडिन युक्त नुनको पहुंचमा नपुगेको हाम्रो ठम्याई हो त्यसैले सबैको पहुंचमा पुर्याउन बिक्री डिपो थप्ने योजना बनाएका हौं उप महाप्रबन्धक पाण्डेले बताए । नुन डिपो भन्दा बाहेक बाहिरवाट भानु छाप लगाएको आयोडिन नुन बिक्री गरेको पाईएमा २५ हजार रुपैंया जरिवाना गर्ने कानुनी प्रावधान रहेको बताइएको छ ।
आयोडिनयुक्त नुनको प्रयोग नगर्दा लाटा लठ्यौरा सुस्त मनस्थिती र स्मरणशक्ती कमहुने जस्ता लक्षण देखिन्छन् । बाजुरामा सबै भन्दा वढि थाईराईडका विरामी देखिएकोले आयोडिन युक्त नुनको प्रयोग नगरेको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका डाक्टर मोहन नाथले बताए । आयोडिन नुनकोप्रयोग नगर्दा स्कुले बिद्यार्थी पटक पटक फेल हुने गरेको तथ्यांक पनि छ उप महाप्रबन्धक पाण्डेले जानकारी गराए ।
बाजुरामा नौ हजार क्वीनटल नुनको आबस्यकता पर्छ तर, वार्षिक दुई हजार क्वीन्टलसमम मात्र आायडिन युक्त नुन बिक्री हुन्छ । बांकी सबैले ढिके नुनको प्रयोग गरे अनुमान छ । जिल्लामा आठ हजार तिन सय क्वीन्टल नुन स्वीकृत भई आएको छ । कोल्टी डिपोमा मात्र ३९सय क्वीन्टल र मातर्डीमा दुई हजार क्वीन्टल नुन मौज्दात रहेको छ ।
नुन मौज्दात रहेन,तर ,जनताले ढिके नुनको प्रयोग गर्ने हुँदा सुक्ष्म पोषक तत्व भएको नुननै सबैले प्रयोग गर्न पाउन भन्ने अभिप्रायले नुनको दुईवटा स्थायी बिक्री केन्द्र बढाएको निमित्त प्रमुख जिल्ला अधिकारी भीकम बहादुर शाहीले बताए । नुनको स्थायी बिक्री केन्द्र बढाउन आजै जिल्ला प्रशासन कार्यालय बाजुरामा बसेको सर्वदलीय बैठकले निर्णय गरी नेपाल सरकार आपुर्ती मन्त्रालयमा पठाएको बताइएको छ ।