arrow

मुलुक यस्तो अवस्थामा रहिरहन सक्दैनः भण्डारी [भिडियो]

नयाँ पुस्ताको माग र आकांक्षा पहिचान गरेर सम्बोधन गर्न आवश्यक

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १० शुक्रबार
bidhyadevi-bhandari-06-10.jpg

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन पश्चात् मुलुक गम्भीर मोडमा रहेको बताएकी छन् ।

काठमाडौंमा शुक्रबार जेनजी आन्दोलनपछिको परिस्थितिबारे आयोजित अन्तरक्रियामा उनले मुलुक यस्तो अवस्थामा रहिरहन नसक्ने स्पष्ट पारिन् ।

उनले दलका नेताहरूले बाहिर धेरै बोल्ने तर आफ्नो पार्टीभित्र केही पनि गर्न नसक्ने भन्दै आलोचना गरिन् ।

साथै भण्डारीले नयाँ पुस्ताको मनोविज्ञान, माग र आकांक्षा पहिचान गरी त्यसलाई सम्बोधन गर्नुपर्नेमा जोड दिइन् । 

उनले भनिन्, ‘दलका नेताहरूले बाहिर चाँही धेरै बोल्ने तर आफ्नो पार्टीभित्र केही पनि गर्न नसक्ने यस्तो तरिकाको सार्वजनिक आलोचना छ । त्यसैले सबैको कुरा सुन्नुपर्छ । सोही आधारमा पार्टीको मर्म अनुसार काम गर्न सकेको छ कि छैन् बुझ्न आवश्यक छ । नयाँ पुस्ताको मनोभावना के छ, उनीहरूका मागहरू के छन्, त्यसलाई राष्ट्रले कसरी सम्बोधन गर्नसक्छ, त्यसमा ध्यान दिनुपर्छ । नयाँ पुस्ताको मनोविज्ञान, माग र आकांक्षा पहिचान गरी त्यसलाई सम्बोधन गर्नुपर्छ।’

उनले मुलुकको समस्या समाधान निकाल्नुपर्ने भन्दै शान्ति, स्थायित्वका लागि विशेष ध्यान दिनुपर्ने बताइन् । 

उनले राष्ट्रलाई अहिलेको युग सुहाउँदो निर्माणका काम अगाडि बढाउन आग्रह गरिन् । 

‘सधैँ यस्तो अवस्थामा मुलुक रहिरहन सक्दैन । यसको हामीले समाधान निकाल्नुपर्छ । शक्तिका स्रोत भनेका जनता हुन् । जनताका बीचमा गएर राजनीतिक आफ्नो नीति, दर्शन अनुसार कार्यक्रम गर्नुभएको छ कि छैन् त्यो बुझ्नुपर्छ । जनताले के सुझाव दिन्छन् त्यस आधारमा अघि बढ्नुपर्छ । पार्टीहरुकाबीच पनि समन्वय र सहकार्य बढाउनुपर्ने आवश्यक छ । पार्टीहरू र विभिन्न आस्था राख्नेबीच छलफल र सहकार्य भएमात्र समस्यालाई समाधान दिन सक्छौँ । शान्ति, स्थायित्वको लागि विशेष ध्यान दिनुपर्छ । राष्ट्रिय एकता कायम गर्दै  राष्ट्रलाई  अहिलेको युग सुहाउँदो गरी अगाडि बढाउन आग्रह गर्छु ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ