arrow

पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ७ मंगलबार
Saptari-hamrakura.jpg.jpeg

राजविराज। सप्तरीको सुरुङ्गा नगरपालिका–२, हर्दियास्थित एक पोखरीमा डुबेर आज दुई बालिकाको ज्यान गएको छ।

स्थानीय प्रहरीका अनुसार, मृत्यु हुनेहरूमा सुरेन्द्र चौधरीकी ७ वर्षीया छोरी सुस्तिका चौधरी र केशर चौधरीकी ११ वर्षीया छोरी आशकी चौधरी रहेका छन्। दुवै बालिका नुहाउने क्रममा पोखरीमा डुबेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिएका छन्।

स्थानीयवासीको सहयोगमा पोखरीबाट शव निकालिएको थियो। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ