arrow

धानबाली जोगाउन लगाइएको तारमा छोइँदा श्रीमान्-श्रीमतीकै मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १ आइतबार
current-hanga.jpg

सप्तरी । सप्तरीमा शनिबार करेन्ट लागेर दुई जनाको ज्यान गएको छ । मृत्यु हुनेमा कञ्चनरुप नगरपालिका वडा नं ५ पिपराका ५० वर्षीय बद्री सरदार र ४५ वर्षीया विमलादेवी सरदार छन् । प्रहरीका अनुसार उनीहरु श्रीमान श्रीमती हुन् ।

आफ्नै खेतमा काम सकेर घर फर्कने क्रममा जंगली जानवरबाट धानबाली जोगाउन लगाएको बारमा करेन्ट लागेर उनीहरुको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय कञ्चनरुपले जनाएको छ । 

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ