arrow

पंखा जोड्दा करेन्ट लागेर यादवको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २८ बुधबार
current-death.jpg

सप्तरी । सप्तरीमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ ।

मृत्यु हुने तिरहुत गाउँपालिका वडा नं १ क्रिकोलका ४० वर्षीय भुपेन्द्र बिराजी यादव हुन् ।

इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक माधव काफ्लेका अनुसार यादवलाई आफ्नै घरमा पङ्खाको तार जोड्ने क्रममा करेन्ट लागेको थियो । 

करेन्ट लागेर गम्भीर घाइते भएका यादवलाई उपचारका लागि भारदहस्थित भारदह अस्पतालमा पठाइएको थियो ।

उनको उपचारकै क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ