arrow

बालकको अपहरणपछि हत्या

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ७ मंगलबार
abhisek-sing.jpg

सिरहा । सिरहाको गोलबजार नगरपालिका वडा नं. १३ डंग्राहा गाउँका १५ वर्षीय बालक अभिषेक सिंहको अपहरणपछि हत्या भएको छ ।

असोज ५ गते रातिदेखि बेपत्ता भएका अभिषेक सिंहको शव मंगलबार बिहान ६ बजे उनको घर नजिकैको आधारभूत विद्यालयको गेटमा फेला परेको हो । 

उनको शव आधा जलेको अवस्थामा थियो भने शरीर भर कुटपिट गरेको निसानहरू पनि थिए । यसबारे प्रहरीले विस्तृत अनुसन्धान गर्नेक्रम जारी छ । 

अभिषेकका घरपरवारले रातभर खोज्दा पनि उनलाई नभेटेपछि अपहरणमा परेको भन्दै इलाका प्रहरी कार्यालय गोलबजारमा निवेदन पनि दिएका थिए ।

असोज ६ गते बिहान ८ बजे अभिषेककै इमो आइडीबाट उनकी आमाको इमो आइडीमा पाँच करोड फिरौती दिनु भन्ने लिखित सन्देश आएपछि अभिषेकको अपहरण भएको पक्का भएको थियो ।

फिरौती माग गरिएको इमो सन्देशमा अंक र अक्षर दुबैमा पाँच करोड उल्लेख गरिएको छ । अभिषेकका बुबा सञ्जय सिंहको सात वर्ष अघि करेण्ट लागेर मृत्यु भएको थियो ।

बुवा आमाका एक्लो सन्तान अभिषेक आफ्नी आमा, हजुरबुवा र हजुरआमासँगै गोलबजारमै बस्दै आएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ